कर्णाली प्रदेश सरकार

उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

प्रदेश वन निर्देशनालय

वीरेन्द्रनगर, सुर्खेत

परिचय


साविकको वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रहने गरी ५ विकास क्षेत्र मध्ये साविक कै मध्य पश्चिमाञ्चल विकास क्षेत्रको लागि क्षेत्रिय कार्यालयहरुको स्थापना गर्ने उद्देश्य अनुरुप साविक क्षेत्रीय वन निर्देशनालय, सुर्खेतको स्थापना वि. सं. २०४० सालमा भएको हो त्यसैगरि नेपालको संविधान, २०७२ ले ब्यवस्था गरे बमोजिम संघिय संरचना अनुसार कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन निर्देशनालयको स्थापना मिति २०७५ साल भाद्र महिनामा भएको हो । कर्णाली प्रदेशको वन क्षेत्रले कूल भू–भागको (३४.९८) प्रतिशत जमीन ढाकेको छ । यस निर्देशनालय अन्तर्गत ११ वटा डिभिजन वन कार्यालय र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु रहेका छन् ।

हाल यस प्रदेश वन निर्देशनालयबाट कर्णाली प्रदेश अन्तर्गतका विभिन्न ११ वटा डिभिजन वन कार्यालय र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुको बार्षिक कार्यक्रमको नियमित अनुगमन गर्दै आइरहको छ त्यसका साथै उक्त कार्यालयको बार्षिक कार्यक्रम संचालनमा समेत नियमित समन्वयात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ ।


उदेश्य

प्रदेश वन निर्देशनालय, सुर्खेतले यस क्षेत्रभित्र रहेका मातहतका जिल्लास्थित कार्यालयहरु तथा वनसँग सम्बन्धित विभिन्न आयोजना तथा परियोजनाले सम्पादन गरेका कार्यक्रमहरुमा लक्षित रही वन क्षेत्र सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्दछ ।

प्रदेश भित्र रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश अन्तर्गतका कार्यालयहरुबाट सञ्चालित विकास कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने ।

प्रदेश स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान तथा वन सँग सम्बन्धित साना उघोग सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन एवं प्रभावकारी बनाउने ।

केन्द्रीयस्तर, प्रदेश स्तर, स्थानिय तहमा बन्ने वन क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सहयोग पुर्याउने ।

स्थानिय तह तथा प्रदेश सरकारसँग समन्वयकारी भुमिका निर्वाह गरी वन क्षेत्रमा स्थानीय सहभागिता सहितको दिगो व्यवस्थापनमा टेवा पुर्याउने ।




केन्द्रको जिम्मेवारी

वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन र पारिस्थितिकीय वस्तु तथा सेवा प्रवाह एवं जिम्मेवारपूर्ण उपयोग गर्दै वन उद्धम मार्फत रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने क्रममा वन क्षेत्रमा संचालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्नु प्रदेश वन निर्देशनालयको मुख्य लक्ष्य हो ।